अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी स्थापना दिवसमा प्रदेश १ का सबै जिल्लामा विभिन्न कार्यक्रम गर्ने

प्रेस चौतारी स्थापना दिवसमा प्रदेश १ का सबै जिल्लामा विभिन्न कार्यक्रम गर्ने


काठमाडौं – प्रदेश १ मा झापाबाट प्रेस चौतारी स्थापना दिवस सुरु भएको छ।

प्रदेशमै पहिलो पटक आइतबारदेखि प्रदेशका सबै जिल्लामा एकै साथ विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइन लागिएको हो। जिल्लामा आयोजना भएका कार्यक्रम भव्यताका साथ सफल बनाउन प्रदेश कमिटीले मातहतका सबै जिल्लाहरुलाई अनुरोध गरेको छ।

चौतारी जिल्ला शाखा झापाले झापामा प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा अग्रज पत्रकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रेस चौतारी नेपाल प्रदेश १ का इन्चार्ज बिक्रम लुइटेलका अनुसार ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई प्रमुख आतिथ्यता र प्रदेश १ का उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको अतिथ्यतामा चारजनालाई पुरस्कार र स्थानीय तहमा निर्वाचित चौतारीका सदस्यलाई सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

पाँचथरमा अग्रज पत्रकारहरुलाई सम्मान, पुरस्कार घोषणा र अन्र्तक्रिया रहेको छ भने इलाममा पुरस्कार वितरण र अन्र्तक्रिया रहेको छ । यसैगरी मोरङ प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा विभिन्न पुरस्कार पत्रकारहरुलाई वितरण र सम्मान गरिने कार्यक्रम तयभएको छ।

सुनसरीमा पुरस्कार वितरण, सम्मान र अन्र्तक्रिया कार्यक्रमको तय भएको छ भने धनकुटामा विरामीलाई फलफूल वितरण तथा उदयपुर तालिमको आयोजना तथा पुरस्कार घोषणा कार्यक्रम रहेको छ। यसैगरी भोजपुरमा पनि अग्रज पत्रकार सम्मान कार्यक्रम रहको छ। त्यस्तै संखुवासभा, तेह्रथुम, ओखलढुंगा र खोटाङमा पत्रकारबीच चियापान तथा शुभकामना आदानप्रदान, विरामीलाई फलफूल बितरण र अन्र्तक्रिया आयोजना गरीएको छ भने सोलुखुम्बुमा सामुदायिक अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल बितरण गरिने भएको छ।