अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ। गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको दुई दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।

प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय दिन नसकिने अडान लिँदै आउनुभएको छ ।