अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता


काठमाडौं – परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग आज साँझ शिष्टाचार भेट गर्नुभएको छ।

श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहनुभएका मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गर्दै दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गर्नुभएको छ ।

श्रीलंकका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गर्नुभयो ।

मन्त्री पौड्यालले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग भेटवार्ता गर्नुभयो।

ती देशहरुका विदेशमन्त्रीहरुसँगको भेटमा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो। परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्किनुहुनेछ ।