अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करिश्मा मानन्धरले दिनुभयो डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

करिश्मा मानन्धरले दिनुभयो डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ।

उहाँले डिल्लीराम खनाल भन्ने व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिनुभएको हो ।

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिनुभएको उजुरी मंगलबार दर्ता भएको छ। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिनुभयो ।

करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराउनुभयो । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिनुभएको थियो । उहाँको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ।

करिश्माले फेसबुकमा लेख्नुहुन्छ- ‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?’

आफ्नो उजुरी साइबर ब्युरोका प्रहरीले सकारात्मक लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको करिश्माले बताउनुभयो उहाँले भन्नुभयो, ‘म आफ्नो संसारमा खुसी छु । मेरो राजनीतिक करियर छ । जथाभाबी लाञ्छना लगाउन मिल्दैन ।’