अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले सम्बन्धित अस्पताललाई एम्बुलेन्सको साचो दिइ हस्तान्तरण गर्नुभयो।

मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो ।

एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । गएको वर्ष मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।