अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा ‘प्रेरणादायी महिलाहरू’ पुस्तक लोकार्पण (फोटोफिचर)

अध्यक्ष ओलीद्वारा ‘प्रेरणादायी महिलाहरू’ पुस्तक लोकार्पण (फोटोफिचर)


काठमाडौँ – ‘प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ। विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २४ महिलाका जीवनी पुस्तकमा छ। मोतिदेवी स्मृति केन्द्रले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो।

उहाँले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पु¥याउनुभएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै राजनीति र सामाजिक परिवर्तनमा निलम केसी तथा राजनीति र सामाजिक गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई अध्यक्ष ओलीले सम्मान गर्नुभयो । सम्मानित व्यक्तित्व ताम्राकारले आफूले रेडियो नेपालमा काम गर्दा नेपाली भाषालाई शुद्ध गरी उच्चारण गरेर भाषाको सम्मान गरेको स्मरण गराउनुभयो ।

Skip This