मेरो लागि मेरी आमा महान नारी हुन जसले ७ जना सन्तालनलाई जन्म दिंदा कैयौ पटक मृत्युलाई नजिकबाट चिनेकी छन्। छोरीछोरी जन्माउदा छोरा जन्माउन पर्छ भन्ने त्यसबेलाको समाजले मेरी आमालाई संसारको केही चिज चाहिदैन। मलाई छोरा देउ भगवान भनेर कयौ मन्दिरहरुमा भेटी चढाउनु भयो रे । धेरैलाई हात जोखाना देखाउनु भयो रे तर हार कहिलै मान्नु भएनछ। त्यस बेलाको समाज र आज ३५ बर्षपछि मेरी आमालाई लाग्छ यस बेला भए म छोराको लागि मरिहत्ते गर्ने थिईन। देशमा धेरै परिवर्तन भए छोरा र छोरी बीचको भिन्नता कम भएर गएको छ तर पनि ठुला मानिसहरुबाट छोरीहरु अझै शोशित छन् । म पेशाले नर्स हुँ ।
मैले काम गर्ने अस्पताल झापा जिल्लाको दमक नगरपालिका भित्रको एक सरकारी अस्पताल हो । दमक अस्पतालमा ३ जना महिला डाक्टर हुनुहुन्छ तर यहाँ सेवा लिन आउने सेवाग्राहीहरुले उहाँहरुलाई सिस्टर भनेर बोलाउनुहुन्छ । किनकि हाम्रो समाजमा अझै पनि छोरी मान्छे डाक्टर हुन्छन र भन्ने सोचाई छ । म एक नारी मैले गाडी कुदाएर हिंड्दा अझै छोरी मान्छेले कुदाको रैछ भनेर अचम्मित हुन्छन् । म अप्रेशन थेटरमा काम गर्छु कहिले काँही इमर्जेन्सी अप्रेशन पर्दा म राति घरबाट अस्पताल जान तयार हुन्छु । मेरी आमा नसकीनसकी उठ्नुहुन्छ र भन्नूहुन्छ ‘राति कसरी एक्लै जान्छेस ?’ म भन्छु केही हुदैन ‘आमा चिन्ता नलिनुस’ भन्दै निस्कन्छु । बाटोभरी डर लाग्छ । म सुक्षित त अस्पताल पुग्छु होला ? अस्पताल नपुग्दा पुग्दै आमाले कल गर्नुहुन्छ । अनि म पुगे भन्छु अनि आमा सुत्नुहुन्छ । मेरी आमालाई डर छ । मेरी छोरीलाई कसैले केही गर्दिन्छ भन्ने । यो डर मेरी आमालाई मात्र हैन नेपाल भरीका आमाको एउटै पिडा छ । राती छोरीहरु बाहिर ननिस्किउन् वा सुरक्षित छैन भन्ने । कहिलेसम्म हामी असुरक्षित हुने ? यो देशमा महिला राष्ट्रपति भई सके तर अझै छोरा र छोरी बीचमा धेरै खाडल छ ।यो खाडललाई पुर्न धेरै संघर्ष गर्नुपर्ने छ । देशको नेतृत्व गर्नेहरुबाटै हामी ठगिएका पछि परेका छौं । जबसम्म समान हक दिईदैन तब सम्म जति बोले पनि वा महिलाका निम्ति जुनै कार्यक्रमहरु ल्याए पनि त्यसले खासै परिवर्तन ल्याउदैन । नारी देवी हुन ,नारी शक्ति हुन्,नारी महान हुन् भन्नदै फुरुङ पारेका छन् । अनि हामी पनि फुर्केर सबै बिर्सछौ । हामी देवी हुनु परेको छैन । हामी पुरुषभन्दा कम छैनौं भन्ने गरेर देखाउनु पर्ने छ ।हामीले अरुलाई लडाएर हैन ,डुवाएर हैन,केही गरेर देखाउनु छ ।हामी जब सम्म विस्वास जित्ने काम गर्दैनौं तब सम्म हामी नारीहरुलाई लडाई रहन्छन् । हेपी रहन्छन । हामी सधै पछि परी रहन्छौं ।हामी एक नारीले सबलाई पार्न सक्छे भारी भन्ने गरी काम गर्न जरुरी छ।
मेरो अनुभव
अप्रशेसन कक्षमा काम गर्दा म बिरामीलाई एनेस्थेसिया (ढाडमा सुई दिने) गर्छु । डेलिभरी व्थाले छटपटाई रहेका गर्भवती दिदीबहिनीहरु संग म गफ गर्दै एनेस्थेसिया दिइसक्ने सक्ने बितिकै उनीहरुलाई पिडा कम हुन थाल्छ । केही बेरमा बच्चा निस्कन्छ । उनी सोध्छिन् मेरो के जन्मियो ?म भन्छु ‘छोरी’ उनी निन्याउरो मुख पार्छिन् र भन्छिन ‘सबैले छोरा जन्मिन्छ’ भन्थे ।अनि मनमा सोचाई आउँछ । हामीमा मेरो बच्चाको स्वास्थ्य कस्तो छ भनेर सोध्ने दिन कहिले आउला ? हाल प्रविधिको विकाससँगै पेटमै छोरा छोरी छुट्टाउने चलन छ । कोही कोहीले अस्पतालमा आँउदै हल्ला गर्दै आउछन् मेरो पेटमा छोरा छ मेरो त अप्रेशननै गर्दिनु । सुनेर अचम्म लाग्छ । हाम्रो सोचमा कहिले परिवर्तन आउने ? अस्पतालमा आउने रोगीहरुको संख्यामा महिलाहरुको संख्या धेरै छ । हाल बढ्दो प्रदुषण ,खानपिन , रहन सहनले गर्दा महिलाहरुको पाठेघरको क्यान्सर बढ्दै गहिरहेको छ ।आफ्नो स्वास्थ्य जाँच समयमै गर्न पर्नेमा हामी छोरा र छोरीमै अल्झि रहेका छौं ।काम गर्ने क्रममा हामी नारीहरुलाई धेरै मेहनत गर्नुपर्छ किनकि हामी धेरै पुरुषहरुबाट घेरिएका हुन्छौं ।
दमक अस्पतालमा ३ जना महिला डाक्टर हुनुहुन्छ तर यहाँ सेवा लिन आउने सेवाग्राहीहरुले उहाँहरुलाई सिस्टर भनेर बोलाउनुहुन्छ । किनकि हाम्रो समाजमा अझै पनि छोरी मान्छे डाक्टर हुन्छन र भन्ने सोचाई छ।
केही बर्ष अगाडी कोभिड महामारीको बेला दमक नगरपालिकामा बसोबास गर्ने हरुलाई पनि संक्रमण देखियो । त्यसबेला अगाडी बढेर काम गर्ने हिम्मत कसैले गर्न सकेनन् । मैले हिम्मत देखाएर ‘म गर्छु’ भने जसले गर्दा दमक नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालको फोकल पर्सनको रुपमा जिम्मेवारी लिई पुर्व कै नमुना कोभिड अस्पताल बनाउन सफल भए । त्यो संक्रमणकालमा यो हिम्मत देखाउनु पनि चानचुने काम थिएन ।किनकि त्यसबेलाको समयमा मानिस मानिस बीचको सम्बन्ध हराएको थियो । देशको अवस्था समाजमा दिनदिनै घटेका घटना हेर्दा हामी अहिले सुरक्षित र ढुक्क संग बाहिर हिड्न सक्दैनौं । काम बिशेषले हिड्न पर्दा आफू चनाखो हुनपर्छ । मलाई केही अफ्ठ्यारो आइ परेमा म कसलाई सहयोग माग्ने र आफूलाई त्यस स्थितिमा कसरी सुरक्षित राख्ने भन्ने योजना बनाई रहनु पर्छ ।भरसक सबैसंग मिल्ने कोशिस गर्ने नराम्रो बानी गरेका व्यक्तिहरु सँग टाढै बस्ने,काम विशेष बाहेक अन्य बेलामा अनावश्यक मान्छेसंग नबोल्ने वा नभेट्ने ।पहिरन ठाउँ अनुसारको प्रयोग गर्ने,सजिलै मनका कुराहरु वा आफ्नो कमजोरी अरुलाई नसुनाउने ।आफ्नो योग्यता वा परिश्रम बाहेकको फलको आशा नराख्ने ।आफ्नो लक्षमा सधै मेहनत गरि रहने हो भने नारीहरुले सफलता हासील गर्न कसैको गुलामी गर्नु पर्दैन ।
(दंगाल, दमक अस्पतालकी नर्स हुनुहुन्छ।)




प्रतिक्रिया