काठमाडौं-गत २३ र २४ भदौको जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ ।
क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुनर्निर्माण कार्य सुरु गरिसकेको छ।
आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ।



















प्रतिक्रिया