काठमाडौं-सरकारले मन्त्रालयहरूको संख्या घटाएपश्चात मन्त्रीहरुको जिम्मेवारी फेरि हेरफेर गरेको छ। मन्त्रालयहरू १८ मा झारिएसँगै त्यसबमोजिम कार्यविभाजन गरिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। नयाँ कार्यविभाजनअनुसार, प्रधानमन्त्री शाहले तीन वटा मन्त्रालय आफूसँगै राखेका छन्।
प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका हुन्। सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो। अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो।





प्रतिक्रिया