काठमाडौँ-प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन्। सङ्घीय संसद् सचिवालयले उक्त जानकारी दिएको हो।
वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गर्दै त्यसका लागि स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो। उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने बताइएको थियो।
उजुरी दिने समय सोमबार कार्यालय समयसम्म छ। संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ।
उजुरी प्राप्त भएमा समितिले ती उजुरीमाथि छलफल र छानबिन गर्नेछ र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ ।




प्रतिक्रिया