अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम कस्तो हुनेछ ?

आजको मौसम कस्तो हुनेछ ?


काठमाडौं -आज दिउँसो देशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका सबै पहाडी क्षेत्रमा मौसम उस्तै भएकाले पहाडी भेगका जुनसुकै एक दुई स्थानमा वर्षा हुने अनुमान गरिएको हो।

यसबाहेक आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुुसार राति गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षा हुने सम्भावना छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।