काठमाडौँ-बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला स्थित प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार रसुवामा गत असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन्।
यता मनाङमा असोज १८ गते बाढी आएका कारण बेशीसहर हुँदै खाङसारसम्म जाने सडक खण्ड एकतर्फी भएको छ।
म्याग्दीकाे वेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेवगरमा पहिराेकाे कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपरासी स्थित कालीगण्डकी करिडोर अन्तर्गत बुलिङटार गाउँपालिका-६ घुमाउरी घाटमा असोज १० गते बेलुका १९:३० बजे पहिरो जाँदा सडक एकतर्फी भएकाे छ। त्यसैगरी बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६:४५ बजे गएको पहिरोका कारण एकतर्फी सुचारु भए पनि ठुला गाडी आवतजावत गर्न नसक्ने अवस्था रहेको छ।




प्रतिक्रिया