अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। आजको पेशी ट नम्बरमा परेको छ। हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो।

माघी पर्वका अवसरमा २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताउनुभएको थियो । 

यही अभिव्यक्ति बमोजिम पक्राउ गरी छानबिन गर्नुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । 

यसअघि अदालत प्रशासनबाट दरपीठ भएको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो।