काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सुरु भएको छ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा अहिले सुनुवाइ भइरहेको छ। यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर उहाँविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उहाँलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताउनु भएको थियो । सोही आधारमा उनीविरुद्ध मुद्दा हालिएको हो।




प्रतिक्रिया