अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् । 

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको हो । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।