काठमाडौँ – नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरेको भन्दै त्यस्तो ब्याख्या संविधानको मर्मविपरित हुने जनाएको छ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्पतिमा खसआर्यबाट पुरुष राष्ट्पति भैसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने एमालेको ठहर छ ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा समेत छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।
बैठकपछि एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ ।’
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि महिला वा अन्यबाट मात्रै उपराष्ट्पतिमा उम्मेदवारी दिन मिल्ने बताउनु भएको थियो ।





प्रतिक्रिया