अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

डा. उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण


काठमाडौँ – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ।

प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गर्नुभयो ।

पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ।

पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ,  सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्ठको उक्त पुस्तकको मूल्य रु छ सय ७५ रहेको छ।

तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गर्नुभएका डा. उपाध्यायले मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पु¥याउनुभएको छ।

उहाँले मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटुरोग उपचारमा सेवा पु¥याउनुभएको छ।

 कार्यक्रममा डा. पाण्डेले मुलुकको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा भएका प्रगतिप्रति सन्तोष गर्ने धेरै ठाउँ रहेको बताउनुभयो। पूर्वउपकुलपति शर्माले देश र समाजलाई माया गर्ने व्यक्तिले गुनासो होइन, कर्तव्य पूरा गरेर मात्र योगदान पु¥याउन सक्छ भन्नुभयो।

पूर्वसचिव रामचन्द्रमान सिंह, डा प्रचण्ड प्रधान, डा प्रकाशराज रेग्मी, वरिष्ठ कवि दिनेश अधिकारीलगायतले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकभित्र मुटुको महासागरसम्बन्धी घटना समेटिएको बताउनुभयो ।

पुस्तकमा डा उपाध्यायले विधाप्रतिको साधना एवं मेहनत आवश्यक रहने चिकित्साशास्त्र कला र विज्ञानको एउटा अब्बल नमूना भएको उल्लेख गर्नुभएको छ।

Skip This