अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायक नगरपालिकाले सहकारीहरुको अनुगमन गर्ने

सूर्यविनायक नगरपालिकाले सहकारीहरुको अनुगमन गर्ने


भक्तपुर – सूर्यविनायक नगरपालिकाले नगर क्षेत्र भित्रका सहकारीहरुको अनुगमन र निरीक्षण गर्ने भएको छ ।
राष्ट्रिय सहकारी बैंक,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेप्फ्स्कुन),,जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधीहरु सहित नगरउपप्रमुख सरिता भट्टराईको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भट्टराईका अनुसार सहकारीहरुलाई थप व्यवस्थित बनाउने सघाउ पुर्याउने उद्धेश्यले सरोकारवालाहरुको बैठक राखिएको हो । बैठकले सम्बन्धित विषयका विज्ञ सहितको एक प्राविधिक टोली बनाएर सहकारीलाई व्यक्तिगत सुशासन र वित्तीय सुशासनलाई व्यवस्थित बनाउने गरी सहकारीको अनुगमन निर्णय गरेको छ । । अनुगमनका क्रममा देखिएका समस्याको सघनताका आधारमा के कस्तो निर्णय लिने भन्ने कुरा अनुगमन समितीको सिफारिसका आधारमा हुने भट्टराईले जानकारी दिनुभयो ।


सूर्यविनायक नगरपालिकामा २ सय २३वटा सहकारी छन् ।

सहकारी प्रत्येक व्यक्ति संगको आर्थिक कारोवार संग जोडिएकोले नगरपालिकाले सहकारीका सदस्यको नगरवासीहरुको वचतको सुरक्षा गर्न आफ्नो नगरपालिका भित्र भएका सहकारीलाई व्यवस्थित र दिगो बनाउन संस्थाका संचालक कर्मचारी तथा सदस्यहरुलाई तालिम मार्फत नियमित प्रशिक्षित समेत गराउने उहाँले जानकारी दिनुभयो ।

विश्वभर आर्थिक मन्दि भई रहेको अवस्थामा नेपालका वैंक वित्तीय सहकारी संस्थामा पनि त्यसको असर परेको देखिएको छ । तर समुदाय र सदस्य केन्द्रित संस्थामा भने त्यसको असर अलि कम परेकोले सम्पुर्ण सहकारीहरुलाई सदस्य केन्द्रित निति र विधि अनुसार संस्था संचालन गर्न सहजिकरण गरिने गरी समितिमा छलफल भएको छ ।

अनुगमन समितिमा ऊपप्रमुख सरिता भट्टराईको संयोजकत्वमा, समितीमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेंलआर्थिक समितिको संयोजक पुष्प राज वस्नेत , सहकारी शाखा प्रमुख अन्य अनुगमन समितिका सदस्य लगायत राष्ट्रिय सहकारी वैंकका , नेफ्स्कुन , भक्तपुर जिल्ला संघ , भक्तपुर वचत तथा ऋण सहकारी संघका प्रतिनिधि सहित सदस्य रहने समिति गठन गरिएको छ ।