अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका मेयर बालेन शाह बेलायत प्रस्थान

काठमाडौंका मेयर बालेन शाह बेलायत प्रस्थान


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य शहर शिखर सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गर्नुभएको छ ।

उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर मंगलबार बिहान २ बजेको उडानबाट शाह बेलायत प्रस्थान गर्नुभएको हो ।

आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार शहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो । ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सह–आयोजनामा लण्डनको मेयर छन् । शिखर सम्मेलनले मेयर र शहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्नेछ ।

Skip This