अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ: अध्यक्ष ओली

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ: अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउन सक्ने बताउनु भएको छ।

गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित पार्टीको मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले एक्लै हरेक क्षेत्रमा बहुमत पुर्‍याउने मिसन ग्रासरुटको उद्देश्य रहेको बताउनुभयो।

अध्यक्ष ओलीले पार्टीको मिसन ग्रासरुट अभियान आगामी चुनावको तयारी रहेको बताउनुभयो ।

मिसन ग्रासरुट अभियानले आगामी चुनावमा एक्लै ५१ प्रतिशत जित्न सहयोग पुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘मिसन ग्रासरुटको उद्देश्य आगामी निर्वाचनमा हरेक क्षेत्रमा बहमुत पुर्‍याउने, आगामी निर्वाचनमा नेकपा एमाले एक्लै हरेक क्षेत्रमा ५१ प्रतिशत भन्दा माथि पुर्‍याउने।’

अध्यक्ष ओलीले एमालेका नीति लिएर, पार्टीको स्थिति के छ भनेर समग्र स्थिति बुझ्ने र संगठन पुर्नताजगी गर्न मिसन ग्रासरुट चलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रास रुटमा पुग्दा पार्टीको वैचारिक स्थिति के पाइयो ? संगठनात्मक स्थिति समस्या के पाइयो ? कार्यकर्तामा उत्साह, आत्मविश्वास र जागरण कस्तो पाइयो ?’