काठमाडौं-नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यससँगै शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। यसअघि गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए।
त्यसअघि २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट शर्मा महामन्त्री निर्वाचित भएका थिए।



प्रतिक्रिया