काठमाडौं-नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो।
निर्धारित समयभित्र महिलातर्फ उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
भुसाल यसअघि गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएकी थिइन्।



प्रतिक्रिया