अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव अलपत्र पारेर कमर्स क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

चुनाव अलपत्र पारेर कमर्स क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन


काठमाडौं – नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुन गइरहेको छ । तर, क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन् । बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन । 

मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् । 

निर्वाचन समितिको कार्यालयले  शनिवार निर्वाचन गराउने भने सूचना जारी गरेको थियो । मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।

निर्वाचन नभएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।