अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने

एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने


काठमाडौं – एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ। 

बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो।

‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।