अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल कमर्श क्याम्पसको निर्वाचन अनिश्चित

नेपाल कमर्श क्याम्पसको निर्वाचन अनिश्चित


काठमाडौँ – नेपाल कमर्स क्याम्पस मीनभवनमा मतदानमा ढिलाइ भएको छ ।

आज हुन लागेको स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, अझै मतदान सुरु हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो ।  मतदानका लागि उपस्थित भएका विद्यार्थीहरूलाई गेट बाहिर राखिएको छ । अनेरास्ववियुले नेविसंघले मतपत्र च्यातेको आरोप लगाएको छ । सोही क्रममा मतदानको लागि लाइन लगाउन खोज्दा हुलहुज्जत समेत भएको छ ।

निर्वाचन समितिले निर्वाचन समितिका सदस्य सचिव लालबहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदानको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म मतदान हुन नसकेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार प्रविन गिरीले जानकारी दिए ।  यसअघिका निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेका थिए । उनी सम्पर्कविहीन बनेपछि निर्वाचन समितिले बस्नेतलाई निर्वाचन अधिकृत बनाएको थियो । र बिहान साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदानको समय तोकिएको थियो ।