अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रको संकट समाधान गर्न सबै दल मिल्नुपर्छ: विष्णु पौडेल

अर्थतन्त्रको संकट समाधान गर्न सबै दल मिल्नुपर्छ: विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको संकट समाधान गर्न सबै दल मिल्नुपर्ने बताउनुभएकाे छ ।

नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताउँदै उहाँले सबै दल एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो। 

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताउनुभयाे ।पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सबै मिलेर समाधान खोज्नुपर्ने आग्रह गर्नुभयाे। उहाँले भन्नुभयो, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन । २०२४/२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’

मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने पौडेलले आग्रह गर्नुभयाे ।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताउनुभयेा । कार्यविधि स्वीकृत नहुंदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।