काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गर्नुभएको छ ।
राष्ट्रपति पौडेल विहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानुभएको थियो । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट पौडेल गोरखा दरबारको अवलोकन गर्न पुग्नुभएको हो ।
राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्नुभएको छ । उहाँसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा जानु भएको छ । पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गर्नुभभएको छ ।






प्रतिक्रिया