अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो: रघुजी पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो: रघुजी पन्त


काठमाडौं – नेकपा एमालेका रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेता पन्तले भन्नुभयो, ‘हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र  चल्नुपर्छ। कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।’