अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार


काठमाडौं – तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने करिब पक्का भएको छ। 

मंसिर ४ को निर्वाचनमा विजयी हुनु भएका रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै खाली भएको तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनका लागि भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै भएको हो।

देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई उम्मेदबार बनाउने सहमति जुटेको स्रोतले जनाएको छ।