अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको भिडिओ अब नियमित हरेक महिना अपलोड हुने भएको छ।

अध्यक्ष ओलीको संस्मरणको दोस्रो भाग आज अपलोड भएको छ । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको उक्त भिडियो २९ मिनेटको रहेको छ।
यसअघि अध्यक्ष ओलीको ७१औं जन्मदिनको अवसरमा उक्त भिडियो च्यानल सुरु गरिएको थियो। पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा उहाँले मृत्युबाट संयोगवश बाँचेका घटनाहरु प्रस्तुत गर्नुभएको थियो । दोस्रो भागमा जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे बताउनु भएको छ ।
अध्यक्ष ओलीले निरंकुश व्यवस्था बिरुद्ध कठोर संघर्ष र यातनापूर्ण जेल जीवन लगायतका विषयमा नयाँ पुस्तासँग आफूलाई क्रमशः साक्षत्कार गर्नुहुने छ । लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको अहिलेको समाज र बोल्ने, लेख्ने, दल खोल्ने तथा संगठित गतिविधि गरे सजाय हुने त्यसबेलाको समाजको भेदलाई बुझ्न समेत यसले सघाउ पु¥याउने छ ।
विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरुमाथि प्रतिबन्ध रहेको निरंकुश पञ्चायती व्यवस्थाको कठोर कालखण्डमा राज्य विरुद्धको अपराधको झुठा मुद्दा लगाएर ओलीलाई १४ वर्षे कठोर कारावास राखिएको थियो । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीलाई गोलघरमा राखिएको थियो ।