अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला स्थगित


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।