अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुटपिट गरेको आरोपमा कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

कुटपिट गरेको आरोपमा कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी


काठमाडाैँ – कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् ।

शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका तीन जनाले कुटपिट गरेको चर्चित टिकटकर रिदम क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पल शाहकाे बारेमा बाेलेकाे भन्दै दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो तीन ताेला सिक्रीसमेत हराएको छ। सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो ।’ 

वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको बताउनुभयो । कलाकार दुर्गेश थापा विवादमा पर्दै आएका कलाकार हुन् ।