अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा किचलो उस्तै,जुटेन मन्त्रालय भागवण्डामा सहमति,आज सत्ता गठबन्धनको बैठक

गठबन्धनमा किचलो उस्तै,जुटेन मन्त्रालय भागवण्डामा सहमति,आज सत्ता गठबन्धनको बैठक


काठमाडौं -महिना दिनसम्म मन्त्री परिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठक डाक्नु भएको छ ।

प्रधानमन्त्री दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो।

सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्। गठबन्धनका दलहरू बीच सहमती कायम हुन नसक्दा मन्त्रिपरिषद विस्तारमा मन्त्रिपरिषदमा ढिलाई भएको छ ।

सत्ता गठबन्धनमा १० दल छन्। आज यी दलका शीर्ष नेताहरू उपस्थित हुने बैठकमा मन्त्रिपरिषद बिस्तारबारे छलफल हुनेछ। कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने र कुन-कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धनभित्र सहमति जुटेको छैन ।

मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद बिस्तार गर्नेबारे आज गठबन्धन बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग संयुक्त र एक्लाएक्लै भेटवार्ता पनि गरिरहेका छन् तैपनि सहमति भएको छैन।

नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि १६ वटा मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मामा छन् । यी मन्त्रालयमा १० दललाई बाँड्न प्रधानमन्त्रीको योजना छ ।

माओवादीले गृह मन्त्रालय आफैंसँग राखेर कांग्रेसलाई अर्थसहित मन्त्रालय दिन खोजेको छ।

आज गठबन्धन बैठकमा मन्त्रालय भागबन्डा मिलेमा भोलिसम्म मन्त्रिपरिषद बिस्तार हुन सक्ने सम्भावना छ।