काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यका लागि ३ पत्रकारले उम्मेदवारी दिएका छन्।
कांग्रेसले यसपटक पहिलोपटक समावेश गरेको पेसागत विषयगत क्लस्टरबाट उनीहरूले उम्मेदवारी दिएका हुन्।
निर्वाचन समितिको प्रथम नामावलीअनुसार पेसागत विषयगत क्लस्टरको खुलातर्फ २ र महिलातर्फ १ पत्रकार प्रतिस्पर्धामा छन्।
खुलातर्फ प्रेस युनियनका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष समीरजंग शाह र प्रेस युनियनका बहालवाला अध्यक्ष शिवप्रसाद लम्साल उम्मेदवार छन्। खुलातर्फ ५ जना निर्वाचित हुने पदका लागि ४० जनाको उम्मेदवारी परेको छ।
यस्तै, महिलातर्फ नेपाल पत्रकार महासंघकी पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारीले उम्मेदवारी दिएकी छन्। महिलातर्फ २ पदका लागि ४ जनाको उम्मेदवारी परेको छ।
अब यी तीनै पत्रकार कांग्रेसको केन्द्रीय कार्यसमितिमा पुग्न चुनावी प्रतिस्पर्धामा छन्।



प्रतिक्रिया