अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै

गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै


काठमाडौं-नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

मंगलबार साँझ कांग्रेस सभापति गगन थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् । सभापति थापाले आफूले समर्थन गर्न नसक्ने भन्दै उपसभापतिको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको र महाधिवेशनपछि उचित जिम्मेवारीमा व्यवस्थापन गर्ने आश्वासन दिएको रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीले बताएका छन् ।

मंगलबार खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका रिजालले सभापति थापासँगको भेटवार्ताको भिडियोसमेत सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । भिडियोमा रिजालले कांग्रेस फेरि कांग्रेसजस्तै बनोस् भन्ने आफ्नो एउटै आकांक्षा रहेको भन्दै थापाको नेतृत्व यात्रामा सहयोग गर्ने बताएका छन् ।

‘आकांक्षा एउटै छ– कांग्रेस फेरि कांग्रेस बनोस् । कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त होस् । त्यो काममा तिमीलाई सहयोग गर्छु,’ रिजालले थापासँगको भेटमा भनेका छन्, ‘तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्नुको कुनै अर्थ छैन । त्यसकारण पद खोजिरहने मेरो यात्रा टुंगियो ।’

रिजालले बुधबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिने बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा पाँच उपसभापति रहने व्यवस्था छ । एक वरिष्ठ, एक महिला, एक समावेशी र दुई खुला उपसभापतिमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब तीन उपसभापति चयन हुन बाँकी छन् ।