अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मगर संसारद्वारा जाजरकोटका ६ दिनको शिशुलाई आर्थिक सहयोग

मगर संसारद्वारा जाजरकोटका ६ दिनको शिशुलाई आर्थिक सहयोग


काठमाडौं – सामाजिक क्षेत्रमा क्रियाशील मगर संसारले जाजरकोट भेरी-२ का ६ दिनको शिशुलाई आर्थिक सहयोग गरेको छ।

मगर संसारले जाजरकोट भेरी-२ का निवासी निमबहादुर पुन मगरको ६ दिनको सुत्केरी बच्चा (बालक)को उपचारका लागि रु.११,६४४ सहयोग गरेको हो।  

विपन्न पुन मगरको बच्चालाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक संकलन गरी रकम हस्तान्तरण गरिएको मगर संसारका अध्यक्ष तथा समाजिक अभियन्ता अनिल लामिछाने मगरले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बच्चा जन्मिना साथ निमोनिया र फोक्सोमा असर परेकोले उपचार गर्न आर्थिक अभावले छटपटाइ रहेका परिवारलाई बालकको उपचारको लागि मगर संसारद्वारा सहयोग अपिल मार्फत संकलन भएको रु.११,६४४ सहयोग गरेको हो।’

सहयोग पठाउनु हुने सहयोगीहरु:

  • कमल थापा मगर – संखुवासभा खाँडबारी (हाल कोरिया) –  कोरियन रु. २५,००० वन
  • आभाष राना मगर – स्याङ्गजा गल्याङ् ८ (हाल कोरिया) कोरियन  रु. २०,००० वन
  • लता पुन मगर- गुल्मी  कोरियन रु. २०,००० वन
  • देवी राना मगर- काठमाडौं (हाल UK)  रु.५,१४४/-

सहयोग अभियन्ता:  अनिल लामिछाने मगर (समस्त मगर संसार एडमिन परिवार)