अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच वार्ता जारी 

सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच वार्ता जारी 


काठमाडौँ । सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच वार्ता सुरु भएको छ । हिजोदेखि सुरु भएको वार्ता आज पनि जारी छ । 

हिजो भएको वार्तामा सहमति हुन नसकेपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ । 

वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान छन् ।  

बिहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निचोड निकाल्ने बताइएको छ ।