अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले


झापा-झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइन क्षेत्रमा भएको आगलागीबाट पाँच वटा घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन आवाका अनुसार आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको छ।

उनले आगलागीबाट मानवीय क्षति नभएको जानकारी दिँदै चारदेखि पाँच वटा घरमा आगलागीले क्षति पुर्‍याएको बताए।

प्रहरीका अनुसार उक्त क्षेत्रमा रहेको एक फर्निचर उद्योगबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागी नियन्त्रणमा ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकल परिचालन गरिएको थियो।

आगलागीबाट भएको आर्थिक क्षति र अन्य विवरण सङ्कलनको काम जारी रहेको प्रहरीले जनाएको छ।