काठमाडौं-नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको हो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको थियो। मंगलबार भने सुनको मूल्य २ लाख ९१ हजार ५ सय रुपैयाँमा स्थिर रहेको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गएको माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
यस्तै, माघ १५ गते चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। त्यसको तीन दिनपछि माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। उक्त गिरावट पनि हालसम्मकै ठूलो गिरावटका रूपमा रहेको महासंघले जनाएको छ।



प्रतिक्रिया