अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षा र हावाहुरीको असरः कुपण्डोलमा रुख ढलेर सडक अवरुद्ध

वर्षा र हावाहुरीको असरः कुपण्डोलमा रुख ढलेर सडक अवरुद्ध


काठमाडौं-ललितपुरको कुपण्डोल क्षेत्रमा बुधबार अपराह्न वर्षासँगै आएको हावाहुरीका कारण रुख ढल्दा काठमाडौं र ललितपुर जोड्ने मुख्य सडक अवरुद्ध भएको छ।

रुख सडकमा ढलेपछि उक्त मार्गमा सवारी आवागमन प्रभावित भएको छ। अवरोध हटाएर सडक सञ्चालनमा ल्याउन ट्राफिक प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार ढलेको रुख पन्छाउने काम भइरहेको छ र सडक छिट्टै सञ्चालनमा ल्याउने प्रयास जारी छ।

बुधबार काठमाडौं उपत्यकामा अचानक वर्षासँगै हावाहुरी चलेको थियो। सोही क्रममा कुपण्डोल क्षेत्रमा रुख ढलेर सडक अवरुद्ध भएको हो।

ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सावधानीपूर्वक सवारी चलाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न चालकलाई अनुरोध गरेको छ।