अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमत पार्टी मन्त्री पदको भोको होइन: सीके राउत

जनमत पार्टी मन्त्री पदको भोको होइन: सीके राउत


काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको बताउनु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

आजै जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिनु भएको थियो । खानलाई बधाई दिँदै उहाँले लेख्नुहुन्छ, ‘मा. अब्दुल खानलाई धेरैधेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’

अध्यक्ष राउतले आफूहरु जनताको सेवक रहेको पनि बताउनु भयो । उहाँ लेख्नुहुन्छ, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’