अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शरतसिंह भण्डारी: ३६ वर्षमा १२ पटक मन्त्री

शरतसिंह भण्डारी: ३६ वर्षमा १२ पटक मन्त्री


काठमाडौं – नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उहाँले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताउनु भयो ।

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उहाँको भनाइ छ । उहाँले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताउनु भयो । पदवहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका काम कारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्ने सम्बन्धी निर्णय गरेका छन् ।

२०४३ मा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री हुँदै आएका लोसपाका वरिष्ठ नेता भण्डारी १९ औं पटक मन्त्री हुनु भएको छ । २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी पटक-पटक चुनाव जित्दै मन्त्री हुँदै आउनु भएको छ । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका भण्डारी बहुदल आएपछि नेपाली कांग्रेसमा आबद्ध हुनु भएको थियो ।

२०६२/२०६३ को आन्दोलनपछि बनेको अन्तरिम संसदमा कांग्रेसबाट सांसद रहेकै बेला उहाँ कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गर्नुभयो । भण्डारीले मधेश आन्दोलनपछि भएको पहिलो संविधानसभा चुनावमा महोत्तरीबाट चुनाव जितेका थिए । तत्कालीन मधेशी जनअधिकार फोरमबाट अलग भएर विजयकुमार गच्छदारले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा भण्डारीले पनि साथ दिएका थिए । पछि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उहाँ रक्षा मन्त्री बन्नुभयो ।