अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-१ मा खनाल र चितवन-२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

तनहुँ-१ मा खनाल र चितवन-२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाडौं – नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ।

आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ-१ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारामा भने एमाले उम्मेदवार छानेको छैन । बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एमालेले जनाएको छ।  

वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उक्त क्षेत्र खाली भएको थियो । त्यस्तै बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति र तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको थियो । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।