काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा बाढी पीडित र पुनर्निर्माणका लागि अध्यादेश ल्याउने विषयमा छलफल र निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ।
बैठकमा सरकारका विभिन्न समसामयिक विषय, नीतिगत निर्णय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा सरकारका नियमित कार्यसूचीका साथै प्रशासनिक, विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा निर्णय हुन सक्ने जनाइएको छ।



प्रतिक्रिया