अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलसँग संवाद गर्न विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन

भीम रावलसँग संवाद गर्न विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन


काठमाडौं – नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गठन गरेको छ। 

पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सचिव तथा सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको नेतृत्वमा ३ सदस्यीय टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा ल्याउन वार्ता टोली बनाएको हो ।

स्रोतका अनुसार एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । शनिबार बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए। रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको छ।