अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोविन्दराज जोशी र विकास कोइरालाको कारबाही फुकुवा

गोविन्दराज जोशी र विकास कोइरालाको कारबाही फुकुवा


काठमाडौं – नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ।

केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले उहाँहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरुको कारबाही फुकुवा भएको छ । यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरु पर्नु भएको छ।’

मंसिर ४ को निर्वाचनका बेला कारबाहीमा परेकाहरको हकमा भने पछि निर्णय हुने उहाँले बताउनु भयो ।

२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिनु भएको थियो । उहाँले बागी उम्मेदवारी दिनुभएपछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०५७ पुस २४ गते कारबाही गरेको थियो। 

Skip This