अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० वर्षपछि हुन लागेको अनेम संघको महाधिवेशनमा नेतृत्वका आकांक्षी को को ?

१० वर्षपछि हुन लागेको अनेम संघको महाधिवेशनमा नेतृत्वका आकांक्षी को को ?

अनेम संघमा तीन तले कमिटी बनाउन सुझाव


काठमाडौं- नेकपा एमालेको ठूलो जनवर्गीय संगठन मध्येको एक अखिल नेपाल महिला संघको सातौ महाधिवेशन सातवर्षपछि आगामी २५ गतेबाट सुरु हुदैछ । २०६९ सालमा भएको छैटौं महाधिवेशनले विद्या भण्डारीलाई अध्यक्ष निर्वाचित गरेपछि हालसम्म नभएको यो संगठनको महाधिवेशन यसै हप्ता हुदैछ ।
१० वर्षपछि हुन लागेको महाधिवेशन भएकोले पनि यसले चयन गर्ने नेतृत्वका बिषयमा व्यापक चासो रहेको छ । महाधिवेशन नभएरै गोमा देवकोटा,सीता पौडेल र थममाया थापालाई बैठकबाटै अध्यक्ष तोकिएर तदर्थ समितीमा यो संगठन सञ्चालन भइरहेको छ । गतवर्ष पार्टीका जनवर्गीय संगठनहरुको महाधिवेशन गर्न पार्टीले क्यालेण्डर जारी गरे पनि ठूलो संख्यामा सदस्य रहेका मूख्य तीन संगठन अनेरास्ववियु,युवा संघ नेपाल र अनेम संघले महाधिवेशन गर्न सकेका थिएनन् ।
हिजो भएको अनेम संघका पदाधिकारीहरुको बैठकमा धेरैले आफ्नो दाबी विभिन्न पदमा प्रष्तुत गरेपछि नेतृत्वको विषयमा थप चर्चा हुन थालेको छ । भोलीको सचिवालय बैठकमा थप दाबीहरु प्रष्तुत हुने सम्भावना छ ।
अनेम संघका स्रोतका अनुसार अध्यक्ष थममाया थापा र महासचिव सुजिता शाक्य वर्तमान कार्यसमितीलाई नै दोहोर्याएर लैजाने मनस्थितीमा हुनुहुन्छ । तर अध्यक्षमा हालकी उपाध्यक्ष टुका हमालले पनि शसक्त दाबी गरेकोले उहाँहरुले भने जस्तो हुने सम्भावाना न्यून रहेको नेतृहरु बताउछन् । थापाले आफूलाई केन्द्रीय कमिटीले मनोनित गरेर अध्यक्ष भएको तर महाधिवेशन कै हलबाट अध्यक्ष हुने चाहना भएकोले त्यसमा सघाउन अन्य आकांक्षीहरुलाई अनुरोध गर्नुभएको छ ।
यसैगरी महासचिवमा शाक्यले नै दाबी गर्नुभएको छ । तर हिजोको पदाधिकारी बैठकमा सचिव गौरी ओलीले आफू पनि महासचिवको उम्मेद्वार हुने दाबी पेश गर्नुभएको छ । यसैगरी केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख शर्मीला कार्कीले पनि महासचिवमा आफ्नो चाहना रहेको विभिन्न ठाउँमा बताउदै आउनु भएको छ ।


करिब ९ सय सदस्यीय केन्द्रीय कमिटी रहेको अनेमसंघमा हाल सम्पर्कमा रहेका ६सय ११ जना छन् । नयाँ नेतृत्वका लागि अनेम संघका नेताहरुले पार्टी अध्यक्ष,उपाध्यक्ष र महासचिवसँग सर्वसम्मतका लागि विभन्नि विकल्पहरु सुझाएका छन् । जस अनुसार पहिलो अहिलेकै कमिटीको निरन्तरता,दोस्रो हालका उपाध्यक्षहरु मध्ये केहीलाई विदाइ र रिक्त ठाउँमा हालका सचिवहरुको पदोन्ती गर्ने र तेस्रोमा चुनावमा जाने ।
नेकपा एमालेले पार्टी केन्द्रीय सदस्य भएका नेतृहरुलाई केन्द्रीय सदस्यमा दाबी नगर्न निर्देशन गरेको छ । पदाधिकारीको हकमा यो प्रावधान केही खुकुलो बनाइएको पार्टीको मोर्चा संगठनका इन्चार्ज भानुभक्त ढकाल बताउनुहुन्छ । तर यो सर्कुलरको खिलाफमा केही नेतृहरु भित्रभित्रै नयाँ तर्क अघि सारेर लविङ गरिरहेका छन् । उनीहरुले ‘पार्टी केन्द्रीय सदस्यलाई अनेम संघबाट विदा दिने हो भने स्थाइ कमिटी र पोलिटव्यूरोलाई किन राखिरहने ?’भन्ने तर्क अघि सारेका छन् । अध्यक्षमा दाबी गर्नु भएकी थापा पार्टी स्थायी कमिटी सदस्य,हमाल,केन्द्रीय सदस्य एवं लम्जुङ इन्चार्ज हुनुुहुन्छ । महासचिवमा दाबी गर्नुभएकी शाक्य पोलिटव्यूरो, ओली र कार्की पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ । संघको केन्द्रीय कमिटीमा करिब १ सय जना पार्टी केन्द्रीय सदस्यहरु छन् । स्थानीय तहका जनप्रतिनिधीलाई अनेम संघको नेतृत्वमा नबसेर आफ्नो संसदीय मोर्चाको कामलाई प्रभावकारी बनाउन ढकालले फागुनको अन्तिम हप्ता भएको केन्द्रीय कमिटीको बैठकमा आग्रह गर्नुभएको थियो ।
संसोधित विधान अनुसार १७ पदाधिकारी हुने अनेम संघमा करिब ८० जनाको दाबी छ । त्यस मध्ये प्रदेशको इन्चार्ज हुने सचिवका आकांक्षीको संख्या उल्लेख्य रहेको नेतृहरुको भनाइ छ । एक पदाधिकारीको भनाइमा कोशी प्रदेशबाट वर्तमान सचिव मेनुका काफ्ले सहित उषाकला राई,लक्ष्मी गौतम,विष्णुमाया विक,मञ्जु भण्डारी लगायतको दाबी छ ।
मधेस प्रदेशबाट जुली महतो,निर्मला देवकोटा लगायतले सचिव वा पदाधिकारीमा दाबी गर्नु भएको छ । बागमतीमा यो संख्या सबभन्दा ठूलो रहेको छ , जसमा शर्मीला कार्की,शान्ती अधिकारी,सुशिला नेपाल,कल्पना रिजाल लगायतले दाबी गर्नुभएको छ । गण्डकीबाट सृजना शर्मा,सीता सुन्दास,भगवती नेउपाने लगायतले आफ्नो दाबी पेश गर्नुभएको छ । उता लुम्बिनीबाट बिमला घिमिरे,दिपा शर्मा ,बिमला अर्याल,मैना भण्डारी लगायतले सचिवका लागि लविङ गरिरहनु भएको छ ।
कर्णालीबाट सुमित्रा बिसि,मोहनमाया ढकाल,शान्ती ठटाल,कौशीला खत्री,मेनका पछाइ लगायतले सचिवमा लविङ गर्दैहुनुहुन्छ । उता सुदुरपश्चिमबाट गौरी ओली,कमला ओली,सन्तोष शर्माहरुले आफूलाई पदाधिकारीको तहमा लैजान दाबी बढाउनु भएको छ ।


केही केन्द्रीय सदस्यहरु पदाधिकारी नपाए स्वत विदा हुने मनस्थितीमा छन् भने केही अनेम संघको केन्द्रमा दोहोरिएर जाने मनस्थितीमा छन् । तर त्यो सम्भावना न्यून रहेको नेतृहरुको भनाइ छ । ‘अहिले भएका ६ सय ११ जना सबै आकांक्षी छन् । अबको कमिटी २सय२५ जनाको बन्छ । अहिलेकालाई नै मात्र दोहोर्याउने हो भने नयाँलाई कहिले प्रवेश दिने ?’ संघकी एक पदाधिकारी भन्छिन् ‘ पदाधिकारीमा पार्टी केन्द्रले सर्वसम्मत गराए पनि केन्द्रीय सदस्यमा निर्वाचन हुने प्रवल सम्भावना छ । ’
पार्टी नेतृत्वले अनेम संघको केन्द्रीय कमिटीलाई ‘तीन तले’ बनाउन सुझाव दिएको छ । ‘पुरानाहरुबाट ३३ प्रतिशत,हाल केन्द्रीय सदस्य रहेकाहरुबाट ३३ प्रतिशत र युवा महिलाहरुबाट ३३ प्रतिशतलाई केन्द्रमा राख्न सुझाव पाएका छौं’ ति पदाधिकारीले भनिन् ।
अनेम संघ भित्रको युवा महिलाहरुले नयाँ नेतृहरुलाई प्रवेश गराउन दबाब बढाएका छन् । ‘अनुभवीका नाममा सधैं पुरानालाई मात्र मौका दिने हो भने नेतृत्व विकास कसरी गर्ने भनेर उनीहरुले तर्क अघि सारेका छन्’ एक नेतृले भनिन् ।