अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेडक्रसको विवाद समस्या समाधान गर्न सभामुख आग्रह

रेडक्रसको विवाद समस्या समाधान गर्न सभामुख आग्रह


काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गर्नुभएको छ ।
नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गर्नुभएको हो ।

‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ घिमिरेले भन्नुभयो, ‘तर आन्तरिक विवाद छिटो भन्दा छिटो समाधान हुन आवश्यक छ ।’
सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरूमा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रियरूपमा नै ख्याति कमाएको संस्था अपारदर्शीताबाट टाढै बस्नुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उनले जवाफदेहिता र पारदर्शीतामा सम्झौता नहुने प्रष्ट्याइन् ।

सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजीकरण गर्ने जानकारी दिनुभएको छ ।