वीरगन्ज – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगा भन्दा अगाडिको धुन हटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशनलाई आज वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय गान शब्दबाट सुरू भएर शब्दबाटै अन्त्य हुनुपर्ने राष्ट्रिय गान शब्दबाट सुरू भएर शब्दबाटै अन्त्य हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन, छैन र त्यो गरिरहन पर्दैन, एउटा कुरा म सरकारलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय गान अगाडि प्या-प्या…धुन बजाउँछ, सयौं थुंगा फूलका हामी … भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ, किनभने त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय धुन पनि होइन, अगाडि बजाइने बाजा राष्ट्रिय गानमा बजाइँदैन, पर्दैन ।’
फिल्म हलमा वा केहीमा राष्ट्रिय गान बजाउँदा पृष्ठभूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नभएको फोटो राखेको पाइएको भन्दै उहाँले संविधान अनुसार लिम्पियाधुरासहितको फोटो राख्न ध्यानाकर्षण गराउनुभयो । सयौं थुंगा फूलका हामी भन्दा हाम्रो पूरै नेपाल नदेखाएर खण्डित भूभाग देखाइएको भन्दै अध्यक्ष ओलीले त्यो गलत भएको बताउनुभयो।




प्रतिक्रिया