अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ-हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  कर्णाली, गण्डकी र कोशी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति मौसम सामान्यतया सफा रहेपनि शुक्रबार भने कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।